दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

तु खबर संवाददाता
२०७८ चैत्र २८, सोमबार ०८:५९
सांकेतिक तस्वीर

झापा । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ६४५५ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको बा १५ प ८२०२ नम्बरको मोटरसाइकलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बिर्तामोड–२ का २९ वर्षीय संयम बजगाईं रहेका छन् । दुर्घटनामा घाइते भएका बजगाईँको उपचारका क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको छ भने चालक फरार छन् । फरार चालकको खोजी कार्य भइरहेको जनाइएको छ ।