मानवसेवा आश्रमलाई १३ लाख रुपैयाँ सहयोग

तु खबर संवाददाता
२०७८ चैत्र २४, बिहीबार १८:०५

मकवानपुर । मकवानपुरको हेटौंडामा रहेको मानवसेवा आश्रमलाई आर्थिक रहम सहयोग गरिएको छ । आश्रमलाई जिल्लाको विभिन्न स्थानीय तहहरुले १३ लाख रुपैयाँ सहयोग गरेको हो । हेटौंडा–९ स्थित मानवसेवा आश्रमलाई हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र बकैया गाउँपालिकाले उक्त रकम सहयोग गरेको हो ।

सडक मानवहरुको आश्रय स्थल बनेको आश्रमलाई संचालनमा सहज होस् भन्ने उद्देश्यले क्रमक्रः मनहरी, मकवानपुरगढी, बकैया गाउँपालिकाले रु ८ लाख र हेटौंडा उपमहानगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गरेको मानवसेवा आश्रम मकवानपुरका अभियन्ता होमनाथ पौडेलले जानकारी दिए । उनका अनुसार, मनहरी गाउँपालिकाबाट ५ लाख रुपैयाँ, मकवानपुरगढी गाउँपालिकाबाट २ लाख रुपैयाँ र बकैया गाउँपालिकाबाट १ लाख रुपैयाँ सहयोग गरेको हो । हाल आश्रममा २ सय जना आश्रय लिएका छन् ।