अब देशैभर लालपूर्जा वितरणको कामले तिव्रता पाउने प्रचण्डको दावी

तु खबर संवाददाता
२०७८ चैत्र २३, बुधबार १६:२७
file photo

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब देशैभर लालपूर्जा वितरणको कामले तिव्रता पाउने दावी गरेका छन् । चितवनको भरतपुर महानगरपालिका अन्तर्गत वडा २ को आँपटारी आयोजित भूमिहीन दलितलाई जग्गा धनी लालपूर्जा वितरण कार्यक्रममा बोल्दै प्रचण्डले सो कुराको दावी गरेका हुन् ।

‘लालपूर्जा वितरण सुरुवात पहिलो पटक भरतपुर महानगरपालिकाबाट भएको छ । त्यसमा खुसी र गर्वको दिन हो । अब छिट्टै देशैभर लालपूर्जा वितरणको कामले तिब्रता पाउनेछ ।’ उनले भने । दलितहरुले लालपूर्जा प्राप्त गरेको ऐतिहासिक दिन भएको बताउँदै प्रचण्डले त्यसको सुरुवात भरतपुरबाट भएको बताए । सूचना प्रविधिको प्रयोग गरेर सेटेलाईटबाट नक्साङ्कन गरेर लालपूर्जा वितरणको काम भएको भन्दै प्रचण्डले खुसी व्यक्त गरे ।