त्रिवि सेवा आयोगको आन्तरिक प्रतियोगिताको दरखास्त आह्वान
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । आयोगले गोरखापत्रमा सूचना जारी गर्दै आन्तरिक तर्फको लागि मुख्य प्रशिक्षक, वरिष्ठ प्रशिक्षक, उप–प्रशिक्षक, प्रशिक्षकको लागि दर्खास्त आह्वान गरेको हो ।
जारी सूचना अनुसार यी पदहरुमा आयोगले आन्तरिक प्रतिस्पर्धामार्फत पदपूर्ति गर्नेछ । दर्खास्त दिन चाहने उमेदवारहरुले आगामी बैशाख २७ गतेसम्म नियमित शुल्कमा र दोब्बर दस्तुरमा जेठ ३ गनेसम्म त्रिवि सेवा आयोगको वेबसाइटमा अंकित अनलाइन् फारम भर्न सकिने आयोगले जनाएको छ ।
