बिहीबार दोहोरो अंकले घट्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७८ चैत्र १०, बिहीबार १६:३८

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १६.६९ अंकले घटेर २६१३.६७ विन्दुमा कायम भएको छ । यसअघि बुधबार नेप्से २०.६३ अंकले घटेर २६३०.०६ विन्दुमा कायम भएको थियो ।

यस्तै, आज नेप्सेमा सूचीकृत २२४ कम्पनीको ५२ लाख ९८ हजार ५४३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२४ रुपैयाँको कारोबार भएको छ । बुधबार नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३९ लाख ८१ हजार ६८४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४ करोड ४३ लाख ९९ हजार २५३ रुपैयाँको कारोबार भएको थियो ।

आज नेप्सेमा रहेका १३ उपसूचकमध्ये २ समूहबाहेकका सबै समूह राताम्य भएका छन् । आज जीवन बीमा र निर्जीबन बीमा समूहमा हरियाली छाएको छ भने सर्वाधिक विकास बैंक समूहको ९२.६१ रुपैयाँले घटेको छ ।