बस दुर्घटनामा एक बालकको मुत्यु, २२ घाइते

तु खबर संवाददाता
२०७८ चैत्र ५, शनिबार १६:१९

दाङ । प्युठानको माण्डवी गाउँपालिका–२ नजिकै आज बिहान बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । बिहान साढे ११ बजेको समयमा प्युठानबाट घोराही आउँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस दुर्घटना हुँदा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मुत्यु हुनेमा दाङको घोराही–३ का १ वर्षीय बालक अंशु परियार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । प्रहरीका अनुसार, उक्त दुर्घटनामा परेर घाइते भएका २२ जनालाई उपचारका लागि दाङस्थित राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । घाइते सबैको अवस्था सामान्य छ ।

उक्त बस अनियन्त्रित भई दुर्घटना हुँदा सडकदेखि ७० मिटर तल खसेको थियो । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।