हेटौंडाको बालज्योति माविलाई १४ हजार थान मास्क सहयोग

तु खबर संवाददाता
२०७८ चैत्र २, बुधबार १५:०७

मकवानपुर । नेपाल स्काउट प्रदेश स्काउट कार्यालय बागमतीले बालज्योति माध्यमिक विद्यालयलाई मास्क सहयोग गरेको छ । स्काउट बागमतीले बुधबार एक कार्यक्रमबीच हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित उक्त विद्यालयलाई १४ हजार थान मास्क हस्तारण गरेको हो ।

कोरोना भाइरस (कोभिड—१९) संक्रमण रोकथामका लागि मास्क सुनिश्चितता कार्यक्रम अन्तरगत पहिलो चरणमा विद्यालयलाई उक्त मास्क हस्तारन्तण गरिएको हो । उक्त मास्क प्रदेश स्काउट कार्यालय बागमतीका सदस्य महेन्द्र राना मगर र अधिकृत शोभा लामिछानेले विद्यालयका प्रधानाध्यापक भारत अर्याललाई हस्तान्ण गरेका हुन् ।

मास्क हस्तान्तरण कार्यक्रममा हेटौंडा–५ का वडा सदस्य भागवती विक, विद्यालय व्यवस्थापन समितीका सदस्य शशी दाहाल, पूर्व अध्यक्ष सल्लाहकार रविन्द्र पोखरेल, सहायक प्रअ बर्दराज वाग्ले, नेपाल स्काउट नगर सदस्य अनिल आचार्यलगायतको सहभागिता रहेको थियो ।