मंगलबार १७ अंकले घट्यो शेयर बजार, ३ अर्बमाथिको कारोबार

तु खबर संवाददाता
२०७८ चैत्र १, मंगलवार १५:२४

काठमाडौ । आज साताको तेस्रो दिन मंगलबार शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १७ दशमलव १५ अंकले घट्न पुगेको छ । सोमबार ब्रोकर डाटा सेन्टरको समस्याको कारण १२ बजेर ५३ मिनेटपछि कारोबार हुन सकेन ।

आज नेप्से परिसूचक १७.१५अंक अर्थात् शुन्य दशमलव ६४ प्रतिशतले घटेर २६५० विन्दुमा पुगको छ । नेप्सेमा सूचीकृत २२९ कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ४ समूह बाहेकका सबै समूह राताम्य भएका छन् । आज होटल तथा पर्यटन समूह, निर्जीबन बीमा समूह, जीवन बीमा समूह र म्युचुअल फण्ड समूहमा हरियाली छाएको छ भने सर्वाधिक उत्पादन तथा प्रशोधन समूहको १०४ रुपैयाँले घट्न पुगेको छ ।