बागमती प्रदेश प्रथम पुरुष फुटबलअन्तरगत आज दुई खेल हुँदै
मकवानपुर । बागमती प्रदेश प्रथम पुरुष फुटबल प्रतियोगिता अन्तरगत आज दुई खेल हुने भएको छ । प्रदेश खेलकुद विकास परिषदको आयोजनामा भइरहेको प्रथम पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुने भएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ क्याम्पाडाँडास्थित रंगशालामा संचालन हुने उक्त प्रतियोगिताको पहिलो खेल सिन्धुली र काठमाडौंबीच प्रतिस्प्रर्धा हुनेछ भने दोस्रो खेल भक्तपुर र रसुवाबीच प्रतिस्पर्धा हुने फुटबल खेल संयोजक कल्पना शर्माले बताइन् । खेल नकआउट चरणमा खेलाइएको छ ।
प्रथम फुटबल प्रतियोगिता अन्तरगत सोमबार पनि दुई खेल भएको थियो । सोमबार भएको पहिलो खेलमा रामेछाप विजयी भएको थियो । सिन्धुपाल्चोकलाई पराजित गर्दै रामेछाप विजयी बनेको हो । खेलको निर्धारित समयमा गोल नभएपछि ट्राइवेकरमा ४–२ गोल अन्तरले रामेछाप विजयी भएको हो ।
त्यस्तै, दोस्रो खेल नुवाकोट र मकवानपुरबीच प्रतिस्प्रर्धा भएको थियो । नुवाकोटलाई ३–० गोलअन्तरले पराजित गर्दै मकवानपुरले विजयी भएको हो । विजयी सँगै रामेछाप र मकवानपुर क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
