दुर्घटनामा परेर थापाको मृत्यु
नवलपरासी । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–९ थुम्सीमा गएराती भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । राएराित ९ बजेको समयमा ना ६ ख ९४५९ नम्बरको बसले प्रदेश ३–०१–०२२ च ५८०७ नम्बरको कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बसमा सवार ललितपुरको कुपण्डोलका ६० वर्षीय बासुदेव थापा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुरस्थित सरकारी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न दुवै सवारी साधनसहित चालकलाई इलाका प्रहरी कार्यालय गैडाकोटले नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
