आज नेप्से ५२ अंकले बढ्दा २ अर्ब ७९ करोडमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शेयर बजारमा हरियाली छाएको छ । लगातार गिरावट आएको शेयर बजारमा आज ५२ दशमलव २१ अंकले बृद्धि भएको हो । आज शेयर बजार २.०८ प्रतिशतले बढेर २ हजार ५६६.७९ विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचकिृत २२३ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९७० रुपैयाँको कारोबार भएको छ । यसअघि बुधबार नेप्सेमा सूचीकृत ४९ लाख ५९ हजार ११९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेप्सेमा रहेको १३ उपसूचकमध्ये अन्य समूह बोहकका सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक आज जीवन बीमा समूहमा ३७१ रुपैयाँ र निर्जीबन बीमा समूहमा २०२ रुपैयाँले बृद्धि भएको छ ।



