गैरसरकारी संघसंस्थाबीच अन्तरक्रिया कार्यक्रम
मकवानपुर । हेटौंडामा नगरभित्रका गैरसरकारी संघसंस्थाबीच बुधबार अन्तरक्रिया कार्यक्रम भएको छ । हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा गैरसरकारी संस्थाहरुको परियोजना स्वीकृति संचालन तथा समन्वय सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईं, महिला तथा बालबालिका महासाखाका प्रमुख जगनाथ सापकोटा लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा बिभीन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुले उपमहानगरपालिकाले यो पहिलो कार्यक्रम गरेर आफ्ना परियोजनाका विषयमा जानकारी दिन पाएकोमा खुसी व्यक्त गरेका थिए ।
