मकवानपुरमा आइतबार २ जना कोरोना संक्रमित थपिए

तु खबर संवाददाता
२०७८ फाल्गुन २२, आईतवार १६:०७
file-photo

मकवानपुर । मकवानपुरमा आज (आइतरबार) थप २ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आज २२ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा २ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट कुनै पनि व्यक्तिको निधन भएको छैन । जिल्लामा हाल सक्रिय संक्रमितको १९ जना रहेका छन् । उनीहरु सबै जना होम आइसोलेशनमा उपचाररत छन् ।