आज नेप्सेमा सामान्य गिरावट
काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले गिावट आएको छ । आज नेप्से परिसूचक ३ दशमलव १४ अंकले घटेर २ हजार ५४३ दशमलव ३९ विन्दुमा पुगेको छ ।
गत साताको कारोबारको अन्तिम दिन ६३ अंकले घटेर शेयर बजार बन्द भएको थियो । आज नेप्सेमा सूचीकृत २३० कम्पनीको ५१ लाख ३९ हजार २३९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७२ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ४ समूहबाहेकका सबै समुह राताम्य भएका छन् । बैंकिङ समूह, होटल तथा पर्यटन, विकास बैंक र अन्य समूहमा आज हरियाली छाएको छ । यस्तै आज, सर्वाधिक जीवन बीमा समूहको १६६ रुपैयाँ ९ पैसाले घट्न पुगेको छ ।



