दुर्घटनामा परेर मगरको मृत्यु
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ को खहरेस्थित केराबारीमा आज (शुक्रबार) बिहान जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृच्यु हुनेमा जेसिबीका सहचालक महोत्तरीको बर्दिबास नपा ६ बस्ने १८ वर्षीय रोहित आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
प्रहरीका अनुसार, बिहान निर्माणाधीन मध्यपहाडी लोकमार्गमा काम गर्ने क्रममा बा २ क ६६१८ नंको जेसिबी माटो भासिन गई सडकबाट अन्दाजी १०० मिटर तल खसेको दुर्घटना हुँदा मगरको घटनास्थलमै मृत्यु भएको हो । जेसिबीका चालक बाँके राप्तीसोनारी गाउँपालिका–४ बस्ने वर्ष २२ को प्रकाश चौधरी भने सकुशल रहेका छन् । चालक चौकरीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाइएको छ ।
