मकवानपुरमा बिहीबार ४ जना संक्रमणमुक्त

मकवानपुर । मकवानपुरमा बिहीबार ४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना पुष्टि भई होमआइसोलेशन तथा संस्थागत आइसोलेशनमा बसेका ४ जना आज संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यस्तै, जिल्लामा बिहीबार ७ जनाको पीसीआर विधिबाट र ६ जनाको एन्टिजेन विधिबाट नमुना परीक्षण गर्दा कुनै पनि व्यक्तिमा कोरोना पुष्टि नभएको स्वास्थय कार्यालयले वनाएको छ । हाल जिल्लामा १८ जना सक्रिय संक्रमित रहेका छन् ।