राष्ट्रियसभा सदस्यहरूको शपथ शनिबार हुने
काठमाडौं । राष्ट्रियसभा सदस्यहरूको शपथ यही फागुन २१ गते शनिबार हुने भएको छ । संघीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाका १९ सदस्यको सपथ शनिबार बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा हुने भएको हो ।
गत माघ १२ गते भएको निर्वाचनबाट राष्ट्रियसभाका १९ सदस्य निर्वाचित भएका थिए । जसमा सत्तागठबन्धका १८ र विपक्षी नेकपा एमालेका एक जना राष्ट्रिय सभामा निर्वाचित भएका हुन् । रिक्त भएका पदमध्ये ७ महिला, २ अपाङ्ग तथा अल्पसङ्ख्यक, ७ अन्य र तीन दलित ‘क्लस्टर’ सँग सम्बन्धित रहेका थिए ।
