दुर्घटनामा परेर यादवको मृत्यु

तु खबर संवाददाता
२०७८ फाल्गुन १८, बुधबार १५:५५
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको गढी गाउँपालिका–६ मझौस्थित रामजानकी मन्दिरको प्राङ्गणमा ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय हरिलाल मगरदैता यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

गएराति प्र १–०२–००३त १०३३ नम्बरको ट्र्याक्टरले यादवलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।