रुसको हमलामा ३५२ युक्रेन नागरिकको मृत्यु
युक्रेन । संयुक्त राष्ट्रसंघको महासभामा अहिलेसम्म रुसको हमलामा परेर हालसम्म ३५२ युक्रेनी नागरिकको मृत्यु भएको छ । युक्रेनका कूटनीतिज्ञले दिएको जानकारी अनुसार, रुसको हमलामा १६ बालबालिकासहित ३५२ जनाको मृत्यु भएको हो ।
गोलाबारी अझै जारी रहेको र मर्नेहरूको संख्या बढ्न सक्ने उनीहरूको भनाइ छ । युक्रेनका राष्ट्रपतिले पछिल्ला पाँच दिनमा रुसले युक्रेनमाथि ५६ वटा रकेट र ११३ वटा क्रूज मिलाइनल प्रहार गरेको जानकारी दिए । युक्रेनविरुद्ध रुसको सैन्य कारबाहीको आज छैटौँ दिन हो । रुसको कारबाहीका बीच दुई देश तनाव कम गर्नका लागि कूटनीतिक प्रयास पनि जारी रहेको छ ।
