सहयोग अक्षयकोष नेपाल मकवानपुरको साधारणसभा सम्पन्न

तु खबर संवाददाता
२०७८ फाल्गुन १४, शनिबार १०:०३

मकवानपुर । सहयोग अक्षयकोष नेपाल मकवानपुरको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । जिल्लामा निजी क्षेत्रबाट शैक्षिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यका साथ स्थापना भएको अक्षयकोष नेपालको साधारणसभा शुक्रबार सम्पन्न भएको हो ।

साधारणसभा संस्थाका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षता एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलेको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा संस्थाका सचिव बद्रीबहादुर पाठकले हालसम्म संस्थागत १७, विशिष्ट ९, आजिवन ६८ र साधारण १८ गरी कुल ११२ जना सदस्यहरु आवद्ध रहेको जानकारी दिए ।

यस्तै संस्थाका कोषध्यक्ष रामकृष्ण थापाले हालसम्म संस्थामा कुल १२ लाख ६२ हजार २९२ रुपैयाँ जम्मा भएको जानकारी दिए । कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनीलगायत संस्थाका सदस्यहरु, तथा विभिन्न शैक्षिक क्षेत्रका सरोकारबालाहरुको उपस्थिती थियो ।