नेकपा माओवादी केन्द्र मकवानपुरको संयोजकमा सर्केश घलान

मकवानपुर । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरको संयोजकमा सर्केश घलान चयन भएका छन् । माओवादी केन्द्र बागमती प्रदेश समितिको बिहीबार काठमाण्डौंमा बसेको दोस्रो पूर्ण बैठकले घलानलाई संयोजकमा चयन गरेको प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामीले जानकारी दिए ।
यसैगरी, बैठकले जिल्ला समन्वय समिति मकवानपुरको सचिवमा भीम पाख्रिन, मकवानपुर प्रतिनिधिसभा १ नम्वर निर्वाचन क्षेत्रको इन्चार्ज ललित घलान र संयोजक बच्चु खड्का गोले, १ को इन्चार्ज लक्ष्मी पाख्रिन र संयोजक सन्तबीर लो, १ (ख) इन्चार्ज रञ्जना श्रेष्ठ र संयोजक भगिरथ नेपाल रामजीलाई चयन गरेको हो । यस्तै, प्रतिनिधिसभा २ नम्वर निर्वाचन क्षेत्रको इन्चार्ज बीरबहादुर घलान, संयोजक लवशेर विष्ट, २ (क) को इन्चार्ज शंकरराज बानियाँ र संयोजक चन्द्र योन्जन, २ (क) को इन्चार्ज सिता पुलामी र संयोजक युसाई प्रज चयन भएका छन् ।
त्यस्तै, बैठकले हेटौंडा उपमहानगरपालिकामा बिवेक राई, बागमती गाउँपालिकामा ज्ञानसागर लामा, बकैया गाउँपालिकामा जीवन गोले, मकवानपुरगढीमा सरोज कुमार खनाल, भीमफेदीमा अप्सरा लोप्चन, इन्द्रसरोबरमा इन्द्रबहादुर श्रेष्ठ, थाहा नगरपालिकामा विष्णुबहादुर विष्ट, राक्सिराङ गाउँपालिकामा बनस्तम थिङ र मनहरी गाउँपालिकमा राजकुमार पाख्रिनलाई इन्चार्ज तोकिएको छ । कैलाश गाउँपालिकामा भने इन्चार्ज तोक्न बाँकी रहेको छ ।