मकवानपुरका एक जना प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७८ फाल्गुन १३, शुक्रबार ०८:२२
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको कैलाश गाउँपालिका वडा नम्वर ७ बस्ने २९ वर्षीय सुमिन्द्र कुमार दर्जी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार, सुमिन्द्रलाई प्रहरी चौकी चैनपुर मकवानपुरबाट खटिएको टोलीले बुधबार  लागूऔषध गाँजा ८ किलोसहित  पक्राउ गरेको हो । पक्राउ परेका सुमिन्द्रलाई बिहिबार जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।