२५ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । साताको पहिलो दिन नै ३९ अंकले घटेको शेयर बजार आज २५ अंकले बढेको हो । आज नेप्से २५ दशमलव ४१ अंकले बढेर २ हजार ७१८ दशमलव ५१ विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृत २२४ कम्पनीको ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँको कारोबार भएको छ । यसअघि आइतबार ३९ अंकले घटेको शेयरबजारमा ४ अर्बमाथिको कारोबार भएको थियो । नेप्सेमा रहेका १३ उपसूचकमा नै आज हरियाली छाएको छ । सर्वाधिक हाइड्रोपावर समूहको ७२।३९ रुपैयाँले आज बढ्न पुगेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूहको ६६.२८ रुपैयाँले बढेको छ ।



