अवरुद्ध त्रिभुवन राजपथमा यातायात संचालन

तु खबर संवाददाता
२०७८ फाल्गुन ९, सोमबार ०८:५७

मकवानपुर । गएराति हावाहुरी र वर्षातसँगै परेको हिउँका कारण अवरुद्ध त्रिभुवन राजपथमा यातायात संचालनमा आएको छ । उक्त राजपथअन्तरगत सिमभञ्ज्याङमा परेको हिउँ पन्छाई आज बिहान सवा ८ बजेदेखि दुबैतर्फको यातायात संचालनमा आएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

प्रहरीका अनुसार, सिमञ्ज्याङको एभरेष्ट पानोरोमा होटल नजिकैको मोडमा करिब ८०० मिटर सडकमा जमेको हिउँलाई पन्छाएर यातायात संचालनमा आएको हो । गएराति हेटौंडाबाट काठमाडौंतर्फ र काठमाडौंबाट हेटौंडातर्फको लागि हिडेको ट्रक र ट्याङकर हिउँ पन्छाएसँगै आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेको छ ।