फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टितेलको भाउ शनिबार रातिदेखि लागु हुने बढाएको हो ।
निगमका प्रवक्ता विनितमणि उपाध्ययका अनुसार, डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँले बढाइएको हो । यसअघि गत माघ १८ गते निगमले मूल्य बढाएको थियो । नयाँ मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य लिटरमा १४५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ पुगेको छ ।
