मकवानपुरमा दुर्घटनामा परेर ३५ जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा गत ७ महिनाको अवधिमा भएको सवारी दुर्घटनामा परेर ३५ जनाको मृत्यु भएको छ । जिल्लामा चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म ३११ वटा सवारी दुर्घटना हुँदा ३५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, जिल्लामा सबैभन्दा धेरै कात्तिक महिनामा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या धेरै छ । दुर्घटनामा परेर कात्तिकमा १० जनाको मृत्यु भएको छ । यसैगरी, साउन महिनामा ४ जना, भदौमा २ जना, असोजमा ५ जना, मंसिरमा ३ जना, पुसमा ४ जना र माघ महिनामा ७ जनाको दुर्घटनाका कारण मृत्यु भएको प्रहरीको तथ्यांक छ । तथ्याङ्क अनुसार, उक्त अवधिमा भएको दुर्घटनामा परेर ८९ जना गम्भीर घाइते भएका छन् ।
