आज नेप्से परिसूचक १९ अंकले घट्यो

तु खबर संवाददाता
२०७८ फाल्गुन ४, बुधबार १५:५६

काठमाडौं । आज साताको चौथो दिन बुधबार शेयर बजारमा गिरावट आएको छ । मंगलबार ५३ अंकले बढेको नेप्से बुधबार १९ अंकले घटेको हो । आज नेप्से १९ दशमलव ८४ अंकले घटेर २ हजार ७३४ दशमलव ४४ विन्दुमा पुगेको छ ।

नेप्सेमा सूचीकृत २३१ कम्पनीको ५६ लाख ५२ हजार १८२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज २ समूह बाहेकका सबै समुह राताम्य भएका छन् । आज जीवन बीमा समूहको २०.६६ रुपैयाँ र अन्य समूहमा १०.२ रुपैयाँले बढेर हरियाली छाएको छ ।