संसद्मा आज एमसीसी टेबुल नहुने, अन्तिम छलफल गर्न भोलि गठबन्धनको बैठक बोलाइयो

तु खबर संवाददाता
२०७८ फाल्गुन ४, बुधबार १२:५७

काठमाडौँ । एमसीसीबारे छलफल गर्न भोलि बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ । एमसीसीबारे अन्तिम छलफल गर्न बिहीबार दिउँसो ३ बजेका लागि गठबन्धन बैठक तय भएको जनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आजै प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलबाट गठबन्धन बैठक बोलाउने सहमति भएको हो ।

प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री देउवा आज एमसीसी टेबुल नगर्न समेत सहमत भएका थिए । यससँगै आजको प्रतिनिधिसभामा एमसीसी टेबुल नहुने भएको छ । अहिले सभामुखको आह्वानमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।