कार्यव्यवस्थाको बैठकमा जसपा अनुपस्थित

तु खबर संवाददाता
२०७८ फाल्गुन ४, बुधबार १२:४७

काठमाडौँ । प्रतिनिधिसभा संसदको कार्यसूची तय गर्न आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ जनता समाजवादी पार्टी र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भएको छ । कार्यव्यवस्था बैठकमा जसपाका प्रमोद शाह आउने गर्दथे । आजको बैठकमा उनी अनुपस्थित रहे ।

एमसीसीको विरोधमा जसपाभित्र दुई धार छ । संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई एमसीसीको पक्षमा छन् । तर पार्टी अध्यक्ष उपेन्द्र यादव भने जनकपुरमा छन् । उनीमाथि एमसीसी छल्न जनकपुरमै रहेको आरोप छ ।