सभामुखले बोलाए सर्वदलीय बैठक
२०७८ फाल्गुन १, आईतवार १३:४८
काठमाडौँ । सत्ता गठबन्धनका दलहरुले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएसँगै सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाको सचिवालयका अनुसार उनले सोमबार दिउँसो २ बजेको लागि बैठक बोलाएका हुन् ।
सोमबार निर्धारित प्रतिनिधिसभा बैठक भने ४ फागुनका निम्ति स्थगित गरिएको छ । फागुन ४ गते संसद्मा एमसीसी टेबुल हुने संभावना रहेकोसमेत स्रोतले बताएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समेत एमसीसी संसदमा टेबल गर्न सहमत भएपछि संसद्मा एमसीसी टेबुल हुने संभावना बढेको हो ।
