ट्यांकर दुर्घटना हुँदा एकको मृत्यु

तु खबर संवाददाता
२०७८ माघ २८, शुक्रबार १७:३४

धनगढी । डोटीमा ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार राति जोरायल गाउँपालिका–२ छतिवन बुडर बजार नजिकै पानी बोक्ने ट्यांकर दुर्घटना हुँदा स्थानीय एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४२ वर्षीय तारा ऐर रहेका छन् ।

बुडरबाट छतिवन घर जान से १ क २१ नम्बरको ट्यांकरमा सवार रहेका उनी दुर्घटनामा परेका थिए । सोही घटनामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सो घटनापछि ट्यांकर चालक नविन ऐर भने फरार छन् । प्रहरीले उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।