मकवानपुरगढीमा कोदो र फापरको परिकार बनाउने तालिम
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा कोदो र फापरको विभिन्न परिकार बनाउने तालिम सुरु भएको छ । तालिम गाउँपालिका कृषि विकास शाखाको आयोजनामा सुरु भएको हो । उक्त तालिमको उद्घाटन गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बाले गरेकी हुन् ।
बिहिबारबाट सुरु भएको उक्त तालिम शनिबारसम्म संचालन हुनेछ । नेपाल कृषि अनुसन्धान परिषदका बैज्ञानिक (खाद्य) प्रविण ओझाले प्रशिक्षण गराएको तालिममा कोदो र फापरको हलुवा, निमकिन, बिस्कुट,केक, कुकिज, पिजा, पाउरोटी, दुनोट, मःम जस्ता परिकार बनाउन सिकाइएको कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए । उनका अनुसार, तालिममा बनाएको विभिन्न परिकारको आगामी फागुन १ गते प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ ।
