सुनसरीमा सवारी दुर्घटनाः ३ जनाको मृत्यु, २७ घाइते

तु खबर संवाददाता
२०७८ माघ २२, शनिबार ०८:५८

काठमाडौँ । सुनसरीमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । सुनसरीको कोशी गाउँपालिका वडा नम्वर १ मा बस र ट्रक एकआपसमा ठोक्किएर दुर्घटना हुँदा बस चालकसहित ३ जनाको मृत्यु भएको हो दुर्घटनामा २७ जनाभन्दा बढी घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत कोशी गाउँपालिकाको लोकहीमा रहेको खुनियामा ट्रक र बस एकआपसमा ठक्कर खाएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनका अनुसार पूर्वको काकडभित्ताबाट काठमाडौं आउँदै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्व आउदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एकआफसमा ठक्कर खाएपछि आगलागी भएको थियो । दुर्घटनालगत्तै बसमा सवार अन्य यात्रुको उद्दार गरिएकाले थप मानवीय क्षति नभएको प्रहरीले बताएको छ । दुवै सवारीका चालकको शव जलेको छ । घाइतेमध्ये केही सामान्य उपचारपछि घर फर्किएका छन् भने १६ जना घाइतेहरुको विराटनगरस्थित विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन नसकेको प्रहरीको भनाई छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।