बेहुली लिएर फर्किँदै गरेको जिप दुर्घटनाः ६ जनाको मृत्यु, ७ घाइते

तु खबर संवाददाता
२०७८ माघ २२, शनिबार ०८:२७

काठमाडौँ । प्युठानको गौमुख गाउँपालिकास्थित ओखरटारमा बेहुली लिएर फर्किँदै गरेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको ५ भने ७ जना घाइते भएका छन् । मृतक तथा घाइतेहरुको हालसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

जिप नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्किंदै गर्दा शनिबार बिहान ३ बजे ग १ ज ५०९२ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । सदरमुकामभन्दा टाढा भएकोले घटनाको सबै विवरण आइनसकेको बताइएको छ । घाइतेहरूलाई जिल्ला अस्पताल लगिएको भएपनि उनीहरुको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । जिप बेहुलाको घर नजिकै आउँदा दुर्घटना भएको हो ।