पेट्रोलियम पदार्थको भाउ बढ्यो

तु खबर संवाददाता
२०७८ माघ १९, बुधबार ०८:३९
file-photo

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउप्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको जनाएको छ ।

मूल्यबढेसँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ । यता निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छैन। मूल्य नबढ्दा ग्याँसको मूल्य यथावत रहेको छ ।