नेप्से १९ अंकले बढ्दा ६ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्सेमा सुधार आएको छ । सोमबारको तुलनामा मंगलबार नेप्सेमा केही सुधार आएको हो । आज नेप्से परिसूचक १९ दशमलव २६ अंकले वृद्धि भएर २ हजार ८९१ दशमलव ३० विन्दुमा पुगेको छ । यसअघि सोमबार १४ अंकले गिरावट आएको थियो ।
आज नेप्सेमा सूचीकृत २२३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ४ समूह बाहेकका सबै सूचकमा हरियाली छाएको छ । आज विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ भने केही कम्पनीका शेयरधनीले गुमाउन पुगेका छन् । आज सर्वाधिक गुमाउने कम्पनीमा नेरुडे लघुवित्त विकास बैंक रहेको छ । कम्पनीको आज ३.१७ प्रतिशतले घटेको हो ।



