हेटौंडामा सवारी दुर्घटना, एकको मृत्यु

तु खबर संवाददाता
२०७८ माघ १८, मंगलवार ०९:३७

मकवानपुर । मकवानपुरको हेटौंडामा सोमबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेटौंडाको लेवटस्थित मनहरीबाट हेटौंडा बजारतर्फ आउँदै गरेको मे. १ च. ५९९४ नम्वरको बोलेरो र विपरित दिशातर्फ जाँदै  गरेको को १ ख १३२८ नम्वरको टिपर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा बोलेरो चालक काठमाडौंको बालाजु  बस्ने अन्दाजी ४५ वर्षीय शिव कार्की रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । उनका अनुसार, सोही दुर्घटनामा परेर बोलेरो सवार सोही ठाउँ बस्ने अन्दाजी ५० वर्षीय दिनेश कार्की घाइते भएका छन् । उनको हेटौंडा–११ चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दासले बताए ।