मोरङमा देखियो बर्ड फ्लू, कुखुरा नष्ट गरिँदै

तु खबर संवाददाता
२०७८ माघ १७, सोमबार १३:४८
file-photo

काठमाडौँ । मोरङमा बर्ड फ्लू देखिएको छ । जिल्लाको ग्रामथान गाउँपालिका र बुढीगंगा गाउँपालिकामा रहेको एक–एक फर्ममा बर्ड फ्लू देखिएको हो । ग्रामथान गाउँपालिका वडा नम्वर १ को खुनियाकट्टा र बुढीगंगा–५ मा रहेको लेयर्स कुखुरा फर्मका कुखुरामा बर्ड फ्लू देखिएको हो । बर्ड फ्लू देखिएपछि दुवै स्थानका कुखुरा नष्ट गरिएको छ ।

जिल्लाको अन्य स्थानमा पनि बर्ड फ्लूको आशंका गरिएको छ । ग्रामथान–१ मै रहेको थप एक कृषि फर्म र कटहरी गाउँपालिका–७ मा रहेको फर्मका कुखुरा मरेपछि बर्ड फ्लूको आशंका गरिएको हो । ती स्थानमा रहेका कुखुराको जाँच भने गर्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालय मोरङ्ले जनाएको छ । बुढीगंगामा रहेको फर्मममा पाँच हजार कुखुरामध्ये तीन हजार ५०० कुखुरा मरेपछि जाँच गर्दा बर्ड फ्लू देखिएको थियो । ग्रामथान गाउँपालिका–१ का वडाध्यक्ष नमोनारायण माझीले बर्ड फ्लू देखिएपछि लेयर्स कखुराको फर्ममा रहेका कुखुरा नष्ट गरिएको बताए ।