हेटौंडाको कर्रा खोला किनारमा महिलाको शव फेला

तु खबर संवाददाता
२०७८ माघ १७, सोमबार ११:३९
सांकेतिक तस्वीर

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० त्रिवेणीधाम नजिकै कर्रा खोलाको किनारमा सोमबार एक महिलाको शव फेला परेको छ । अन्दाजी ५५–५६ बर्षकी महिलाको शव फेला परेको र शवको पहिचान भने हालसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले तु खबरलाई जानकारी दिए ।

विहान करिब १० बजेको समयमा खोलाको किनारमा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शव बरामद गरी पोष्टमार्टम्का लागि हेटौंडा अस्पतालस्थित शव गृहमा पठाएको छ । ती प्रारम्भीक अनुसन्धानबाट ती महिला हेटौंडाको चाइनाक्वाटर निवासी भएको बुझिन आएको भएपनि एकिन भने भइसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।