मकवानपुरका १४६ जनामा कोरोना पुष्टि

तु खबर संवाददाता
२०७८ माघ ११, मंगलवार १५:४०
filr-photo

मकवानपुर । मकवानपुरमा थप १४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा आज (मंगलबार) एकैदिन १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा पछिल्लो २४ घण्टामा ३२० जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा १२१ जनाको पीसीआर परीक्षण गर्दा ७८ जनामा र १९९ जनाको एन्टीजेन परीक्षण गर्दा ६८ जनामा संक्रमण पष्टि भएको हो । यससँगै जिल्लामा हाल सक्रिय संक्रमितको संख्या १ हजार ६ सय २७ जना पुगेको छ । जसमध्ये १ हजार ६ सय १३ जना होम आइसोलेशन र १६ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् । यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा २१६ जना कोरोना संक्रमणमुक्र भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।