मकवानपुर प्रहरीद्वारा ९७ वटा टिपर कारबाहीमा

तु खबर संवाददाता
२०७८ माघ ७, शुक्रबार १७:४१

मकवानपुर । मकवानपुर प्रहरीले तोकिएकोभन्दा बढी वजन/ओभरलोड बोक्ने ९७ वटा टिपरलाई कारबाही गरेको छ । प्रहरीको चेकिङ टोलीले शुक्रबार जिल्लाको विभिन्न स्थानबाट उक्त टिपरलाई नियन्त्रणमा लिई कारबाही गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार, ती टिपरहरुलाई हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित पूर्वपश्चिम लोकमार्ग, हेटौंडा– १ स्थित तिरतिरेधारा तथा मनहरी गाउँपालिका–६ स्थित पुर्वपश्चिम लोकमार्गबाट नियन्त्रणमा लिई कारबाही गरिएको हो । उक्त टिपरलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी चेकिङ गरेको थियो ।