थाहा पाउनुहोस् : आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक भएको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५१ पैसा कायम गरेको छ । त्यस्तै युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६३ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८३ पैसा कायम छ ।
कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४० पैसा र बिक्रीदर १० रुपैयाँ ४५ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ७० पैसा र बिक्रीदर ३१ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

