मकवानपुर प्रहरीले हराएको स्कुटर र व्याक फेला पारी सम्बन्धीत धनीलाई बुझायो

मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मितिमा हराएको स्कुटर र व्याक फेला पारी सम्बन्धीत धनीलाई बुझाइएको छ । प्रहरीले गत पुस २२ गते हेटौंडा उपमहानगरपालिका–४ स्थित पार्किङ गरी राखेको ठाउँबाट हराएको बा ६६ प ५०३३ नम्बरको स्कुटर फेला पारी सम्बन्धी धनीलाई बुझाइएको हो ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्वर ११ बस्ने निर्मल सिंह ठकुरीले उक्त स्कुटर हराइएको भनि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । सोही निवेदनको आधार स्कुटरको खोजी गर्दा गत पुस २६ गते हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ स्थित बेवारिसे अवस्थामा फेला पारी शुक्रबार सम्बन्धीत धनीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
यस्तै, प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बस्ने निर्मला लामाको हराएको व्याक पनि फेला पारी बुझाइएको छ । लामाको शुक्रबार बिहान हेटौंडा–४ स्थित सडकमा मोवाईल, एटिएम कार्ड, नगद १७ हजार रुपैयाँ र कागजातहरु भएको व्याक हराएको भनि जानकारी गराएपश्चात खोजी गर्दा फेला परेपछि उक्त सामान फेला पारी बुझाइएको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।