शंकास्पद वस्तुमा भात भेटियो

तु खबर संवाददाता
२०७८ पुष २९,बिहीबार ०९:०६

मकवानपुर । हेटौंडाको मुख्य बजार बुद्धचोक नजिक गएराति भेटिएको शंकास्पद बस्तु भात भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, नेपाली सेनाको डिस्पोजल टोलीले प्लाष्टिक भित्र पोको पारेको वस्तु डिस्पोज गर्दा भात रहेको पुष्टि भएको हो ।

त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा–१ र २ नम्वर वडाको बिचमा रहेको उद्योग वाणिज्य संघ चोक नजिकै सडकमा प्लाष्टिकमा शंकास्पद वस्तु फेलापरेपछि प्रहरीले सेनाको डिस्पोजल टोलीलाई खबर गरेको थियो । राजपथमै विष्फोट पदार्थ जस्तो देखिने वस्तु फेला परेपछि सुरक्षाको लागि सेनाको डिस्पोजल टोलीलाई खबर गरेको मकवानपुर प्रहरीले जनाएको छ ।