आपसी टोल विकास संस्थामा थापा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित आपसी टोल विकास संस्थाको अध्यक्षमा सविना थापा न्यौपाने चयन भएकी छन् । संस्थाको दोस्रो वार्षिक साधारणसभाबाट ११ सदस्यीय समिति गठन भएको हो । यसैगरी, उपाध्यक्षमा नरेन्द्र खनाल, सचिव सुमन भुजेल, कोषाध्यक्षमा पम्फा लामा चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा क्रमशः सुशील कार्की, बलबहादुर पाण्डे, मनोज शाअ तेली, मैयाँ सिटौला, कमला घिमिरे, टंकप्रसाद निरौला र मिरा कार्की रहेका छन् । संस्थाका अध्यक्ष पुष्कर शर्मा ढकालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१० का वडाध्यक्ष कितापसिं लामाको प्रुमख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा सदस्य धर्मराज बस्नेत, इन्द्र नेपाल, सन्ध्या श्रेष्ठ, नेत्रज्योति टोल विकास संस्थाका अध्यक्ष दूर्गा नेपाल, आदर्श टोल विकास संस्थाका अध्यक्ष नवराज न्यौपाने, राम दर्शन टोल विकास सुरेन्द्र विष्टलगायतको आतिथ्यता रहेको थियो । कार्यकमकै अवसरमा संस्थाका ज्येष्ठ सदस्य जगतबहादुर गहतराज र मैयाँ थापालाई सम्मानसमेत गरिएको थियो ।
