जन्मदिनमा भीमफेदी बाल मन्दिरलाई सहयोग
मकवानपुर । मकवानपुरको भीमफेदीस्थित भीमफेदी बाल मन्दिरलाई जन्मदिनको अवसरमा एक बालकको परिवारले खाद्यन्न सहयोग गरेको छ । हेटौंडा उपमहानरपालिका वडा नम्वर ८ का इरिश कुवँर ३ वर्ष पुरा भई ४ वर्ष लागेको अवसरमा उनका परिवारले बाल मन्दिरमा आश्रित बालबालिकाका लागि खाद्यन्न सहयोग गरिएको हो ।
इरिशका आमा ईन्दिरा बानियाँले चाउचाउ, भुजा, विस्कुटलगायतका खाद्य सामग्री बाल मन्दिरलाई बुझाएकी थिईन् । कार्यक्रममा नेपाल बाल संगठन मकवानपुरकी उपाध्यक्ष दिलु घर्ती, भीमफेदी बाल मन्दिरका केन्द्र प्रमुख सुरेन्द्र सापकोटा, ईन्दिरा बानियाँकी आमा, इरिश कुवँर, सरस्वती थिङ केशी लगायतको सहभागिता रहेको थियो ।
वि.सं. २०१८ मा स्थापना भएको नेपाल बाल संगठनको केन्द्रीय समिति र मकवानपुरसहित ७७ जिल्ला समितिले विभिन्न स्थानमा बाल मन्दिर संचालन गर्दै आएको छ । मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीमा रहेको बाल मन्दिरमा अनाथ तथा असहाय ३१ जना बालबालिकाले आश्रय लिईरहेका छन् ।

