सोमबार नेप्से ३२ अंकले बढ्यो

तु खबर संवाददाता
२०७८ पुष १९,सोमबार १५:५९
file-photo

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ३२ अंकले बढेको छ । आज नेप्से ३२ दशमलव ०३ अंकले बढ्दा २ हजार ६१६ दशमलव ९४ को विन्दुमा कायम भएको छ । आईतबार ६०‍ दशमलव १ अंकले बढेर २ हजार ५८४ दशमलव ९१ बिन्दुमा पुगेको परिसूचक सोमबार ३२ दशमलव ०३ अंकले बढेर बढेको हो ।

आज २३० सूचीकृत कम्पनीको ८२ लाख ५ हजार ५२ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । हिजो सर्वाधिक कारोबार भएकै हिमालयन डिष्टीलरी आज पनि सर्वाधिक शेयर खरिद बिक्रि गर्न सफल भएको छ । कम्पनीको आज २८ करोड माथिको शेयर कारोबार भएको छ।