दुर्घटनामा परेर तीन जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ पुष १४, बुधबार १५:०५
सांकेतिक तस्वीर

काठमाडौं । झापाको दमक नगरपालिका–२ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । प्र १–०२–०४३ प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल गएराति आफैँ अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको घटनास्थमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ चिसापानी–४ का २३ वर्षीय अनिल विक, चितवन राप्ती नगरपालिका–४ का १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला–३ का १९ वर्षीय अनिल लामगादे रहेका छन् । मृतक तीनैजना दमकको एक सुन पसलमा काम गर्दै आएका थिए । उक्त घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।