अब विद्यालय तहमा पनि लेटर ग्रेडिङ प्रणाली लागू हुने

तु खबर संवाददाता
२०७८ पुष १३, मंगलवार ०८:३८

मकवानपुर । सरकारले विद्यालय तहमा लेटर ग्रेडिङ प्रणाली लागू गर्ने तयारी गरेको छ । शिक्षा मन्त्री देवेन्द्र पौडेलले ’लेटेर ग्रेडिङ निर्देशिका २०७८’ स्वीकृत गरेसँगै अब कक्षा १ देखि १२ सम्म एउटै मूल्यांकन विधि लागू हुने भएको हो ।

यसअघि लेटर ग्रेडिङ प्रणाली कक्षा ११ र १२ मा मात्रै लागू भएको थियो । निर्देशिका अनुसार ३५ प्रतिशतभन्दा कम ल्याउने विद्यार्थी माथिल्लो कक्षामा अपग्रेड हुन पाउँने छैनन् । समग्र मूलयांकनमा ’डी’ ग्रेड अर्थात् ३५ देखि ४० प्रतिशत मूल्यांकन ल्याउनेले मात्रै माथिल्लो कक्षामा प्रवेश पाउनेछन् ।