कांग्रेस मकवानपुरको अधिवेशन पुस २७ गते

तु खबर संवाददाता
२०७८ पुष १३, मंगलवार ०८:३३

मकवानपुर । नेपाली कांग्रेको मकवानपुर जिल्ला अधिवेशन यही पुस २७ गते हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको सोमबार बसेको बैठकले अधिवेशन गर्न बाँकी जिल्लामा पुस २७ गते अधिवेशन गर्ने निर्णय गरेको छ । बैठकल अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लामा अधिवेशन गर्न निर्णय गरेको हो ।

निर्वाचन समितिले जारी गरेको सूचनामा प्रदेश २ का ८ जिल्लासहित सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा जिल्ला अधिवेशन बाँकी रहेको उल्लेख गरिएको छ । यसअघि मकवानपुर जिल्ला अधिवेशन गत मंसिर १० गते हुने तय भएको थियो । जिल्लाका पदाधिकारी, सल्लाहाकार, पूर्वअध्यक्षहरु र नव निर्वाचित महाधिवेशन प्रतिनिधि, संघीय र प्रदेश सभापति र प्रतिनिधिहरुको छलफलबाट सर्वसम्मत रुपमा निर्णय गरी प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनपछि मात्रै जिल्ला अधिवेशन गर्ने निर्णय भएको थियो ।